जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि मंगलबार बिहान ९ बजेदेखि कर्फ्यू लगाएको छ।
घटनापछि मृतकका आफन्त र स्थानीयले प्रदर्शन गरेका थिए। उत्तेजित भीडले तोडफोड र आगजनी गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
आमाछोरीलाई ठक्कर दिने बा ५ ख ५४८० नं को टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक गोलेका श्रीमान् छिरिङ लामा वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन्।