होटेलको ब्यवस्थापनले अस्पतालमा परिणत गर्न अस्विकार गरेपनि रोनाल्डोको त्यो भनाईलाई गलत सावित गरेको हो ।
स्पेनीस पत्रिका मार्काका अनुसार रोनाल्डोले कोरोनाको उपचारका लागि आफ्नो होटेललाई अस्पतालमा परिणत गर्न तयार रहेको भएपनि लिस्बोनमा रहेको सो होटेलले उनको उपायलाई अस्विकार गरेको छ । भाइरसबाट संक्रमितको उपचारका लागि होटेल अस्पतालमा परिणत गर्ने कुनै योजना नभएको होटेलले जनाएको छ ।
३५ बर्षे रोनाल्डोले कोरोनाबाट बच्नका लागि सबैलाई आग्रह गरेका छन । उनको टिम युभेन्टसका खेलाडीमा संक्रमण देखिएपछि उनीपनि पोर्चुगलमा नै क्वारेन्टाइनमा रहेका छन ।