आइतबार फारोस्थित खेतीमा काम गरिरहेका एक जना नेपाली बिरामी परेपछि उनीसँगै काम गर्ने साथीले अस्पताल लगेका थिए। चिकित्सकहरुको परीक्षणपछि ती नेपालीलाई कोरोना लागेको निश्चित गरेपछि तिनलाई लिएर जाने नेपालीलाई पनि जाँच गर्नुपर्ने भन्दै अस्पतालको कोठामा केहि बेर पर्खन लगाएका थिए।तर, चिकित्सकले ुकोरोना लागेका व्यक्तिलाई लिएर आएकाले तिम्रोपनि परीक्षण गर्नुपर्छु भनेर पर्खाएपछि ती नेपाली अस्पतालबाट भागेका थिए।
चिकित्सकले आइतबार राति नै अध्यागमन प्रहरीलाई खबर गरेको थियो। अध्यागमन प्रहरीहरुले फारोको खेतीमा काम गर्ने नेपालीहरुको सूची लिएर रातैभरि छापा हानेर उनीहरुलाई पक्राउ गरेर क्वारेन्टाइनमा राखेको थियो।