बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले द्वन्द्वकालीन मुद्दा किनारा लगाउन गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो।
सशस्त्र संघर्ष बिराम लागेको १३ वर्षपछि नामावली सार्वजनिक गरेको हो ।आयोगका अनुसार, राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै २ हजार ५ सय ६ जनाबारे उजुरी परेको छ।
यीमध्ये बर्दियाबाट सबैभन्दा धेरै २ सय ५४ जनाले आफन्तको खोजखबर गरिदिन माग गर्दै आयोगमा निवेदन दिएका छन्। तर आयोगमा उजुरी दिनेको नाम भने गोप्य राखेको जनाएको छ ।