बालुवाटार जग्गा प्रकरण : डिल्लीबजार मालपोत कार्यालयका अधिकृत पौडेल थुनामा

ओकेखबर संवाददाता ३ चैत्र २०७६, सोमबार २०:३५ मा प्रकाशित ( साल अघि) १७५ पाठक संख्या

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका अधिकृत कृष्णप्रसाद पौडेल थुनामा गएका छन्।

ललिता निवास क्याम्प क्षेत्रको सरकारी जग्गा विक्री प्रकरणमा विशेष अदालतले अभियुक्त पौडेललाई सोमबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

 

आयोगले पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार बिगो दाबी मुद्दा चलाएको थियो। उनीविरुद्ध ८ देखि १० वर्षसम्म कैद सजाय हुनुपर्ने माग पनि अख्तियारले गरेको थियो।

 

विशेष अदालतका न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश चन्द्रबहादुर सारुको संयुक्त इजलासले पौडेललाई थुनामा पठाउन आदेश दिएको हो। ललिता निवास प्रकरणमा अदालत उपस्थित भएका पहिलो प्रतिवादी पौडेललाई थुनामा पठाउने आदेश भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए। विशेष अदालतले पहिलो प्रतिवादीसँग धरौटी नमागी थुनामा पठाएपछि अरुमाथि पनि यस्तै आदेश आउने सम्भावना बढेको छ।

 

त्यसो त ललिता निवासको जग्गा विक्री प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ।


सम्बन्धित खबरहरु