हन्ड्रेडस् ग्रुप द्वारा मास्क उत्पादन सुरु : असाहायहरुलाई निशुल्क र किन्न सक्नेलाई सशुल्क

ओकेखबर संवाददाता ३ चैत्र २०७६, सोमबार १७:१० मा प्रकाशित ( साल अघि) १३७६ पाठक संख्या

काठमाडौं ।  विश्वभर महामारीको रूपमा लिएको कोरोना भाइरसको रोकथाममा निकै महत्त्वपूर्ण मानिने मास्कको बजारमा अभाव भैरहेका बेला हण्ड्रेडस् ग्रुपले आफै सेनेटाइजर मास्क उत्पादन गर्न थालेका छ । सोमबार देखि शंखमुलमा उत्पादन शुरु गरेको ग्रुपले दिनको २ सय देखी ३ सयको हाराहारीमा उत्पादन गरिरहेको छ ।

 

शंखमुल र अनामनगरको कपडा बैंकबाट असाहायहरुलाई निशुल्क र किन्न सक्नेलाई सशुल्क रु २४ मा उपलब्ध गराउने अभियान्ता बब्लु गुप्ताले जानकारी दिएका छन् ।

कालो बजारीकरण र आम जनमानसमा परेको असर लाई मध्य नजर गर्दै अभियानताहरु, बिक्रम ओलि, बब्लु गुप्ता, बिमल पन्त, दिपेश धुन्जु,  बबिन बस्नेत, नविन बस्नेत अन्सु यादव,  विवेक ढकाल, सुशील भुर्तेल लगायतको सहयोगबाट मास्क उत्पादन शुरु गरिएको हो ।

 

यसअघि ग्रुपले सडकमा खटिएका ट्राफिक प्रहरीहरु तथा सावजनिक यातायातका चालक तथा सहचालक एवम् यात्रु हरुलाई लक्ष्यित गरि निःशुल्क माक्स वितरण गरेको थियो । यसै अभियानको निरन्तरता स्वरुप दोस्रो चरणमा कलंकी लगायत अन्य ठाउमा मास्क वितरण गरिने अन्य ठाउँहरुमा विस्तार गरिने अभियानता बब्लु गुप्ताले बताए ।

 

कोरोना भाइरस रोक्न र बच्न पछिल्लो समय विश्वमा हुने गरेको मासु खाने प्रचलन जनावरहरु साप, बिरालो, चमेरा मासु खाएर संक्रमण देखिएको हुनाले साहाकारी अभियान पनि संचालनमा ल्याउने भएको छ । साहाकारी बनौं, जनावरलाई बाँच्न देउ भने सन्देश स्वरुप माइतीघरमा सान्केतिक जनावर रर्याली समेत गर्न लागिएको समुहले जानकारी दिएको छ ।

 

साथै समुहले हिजो निशुल्क कपडा बैक संचालन गरि देशका विभिन्न भागहरु चिसोबाट कष्टकर जिवन बिताएकाहरुलाइ न्यानो प्रदान गरेको थियो ।


सम्बन्धित खबरहरु