लुकाएर राखेको करिब ६ लाख थान सर्जिकल मास्क बरामद

ओकेखबर संवाददाता ३ चैत्र २०७६, सोमबार १०:४२ मा प्रकाशित ( साल अघि) ३५५ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको त्रास र बजारमा बजारमा मास्क अभाव भैरहेको बेला लुकाएर राखेको करिब ६ लाख थान सर्जिकल मास्क बरामद भएको छ । चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवी गोदाममा १२० वटा कार्टुनमा राखिएका मास्क प्रहरीले बरामद गरेको हो ।

यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो ।

शनिबारयता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले बरामद गरिसकेको छ ।


सम्बन्धित खबरहरु