कोरोना संक्रमणबाट इटालीमा मेयरको मृत्यु

ओकेखबर संवाददाता ३ चैत्र २०७६, सोमबार ०८:०६ मा प्रकाशित ( साल अघि) २५३ पाठक संख्या

एजेन्सी । कोरोनाभाइरसका संक्रमणबाट उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको मृत्यु भएको पुष्टि भएको छ ।

श्वासप्रश्वासमा समस्याय देखिएपछि ७० वर्षीय मेयर भ्यालोटीलाई मार्च ७ मा अस्पताल भर्ना गरिएको थियो। फोक्सोमा अत्यधिक संक्रमणका कारण शुक्रबार उनको मृत्यु इटालीका सञ्चारमाध्यमले जनाएका छन्।

 

यसैबीच इटालीमा कोभिड– १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९ पुगेको छ। इटालीमा पछिल्लो २४ घण्टामा मात्रै थप ३ सय ६८ जनाको मृत्यु भएको छ भन् ेथप ३ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ।

 

त्यस्तै इटालीपछि बढी प्रभावित रहेको इरानमा आइतबार थप ११३ जनाको मृत्यु भएको छ भने थप एक हजार २ सय ९ जनामा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म इरानमा मृतकको संख्या ७ सय २४ पुगेको छ भने संक्रमितको संख्या १३ हजार ९३८ रहेको छ।

 

सोमबार बिहानसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ६ हजार ५ सय १५ पुगेको छ। त्यस्तै एक लाख ६९ हजारभन्दा बढीमा संक्रमण देखिँदा ७७ हजारभन्दा बढी निको भइसकेका छन्।


सम्बन्धित खबरहरु