आज: 

कोरोनाभाइरस संक्रमणको आशंका झापामा पनि

ओके खबर २ चैत्र २०७६, आईतवार १५:२९ मा प्रकाशित ( साल अघि) २४७ पाठक संख्या

भद्रपुर । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइर) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो ।

उहाँका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौँ सिफारिस गरेका छन् । “कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ”, प्रजिअ रानाले रासससँग भन्नुभयो, “उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।”


सम्बन्धित खबरहरु