विश्वभर फलिदै कोरोना, स्पेनिस प्रधानमन्त्रीपत्‍नी पनि संक्रमित

ओकेखबर संवाददाता २ चैत्र २०७६, आईतवार ०७:५१ मा प्रकाशित ( साल अघि) २७९ पाठक संख्या

एजेन्सी । चिनको वुहानबाट फैलिएको कोरोनाभाइरस पछिल्लो दिनहरुमा चिनमा नियन्त्रण भएपनि विश्वका अन्य देशहरुमा झनै आतंकित बनेको छ ।
युरोपमा इटालीपछि कोरोना भाइरसको संक्रमणमा स्पेन दोस्रो ठूलो देश हो। यहाँ शनिबार साँझसम्म कोरोना भाइरस संक्रमणबाट सय जनाको मृत्यु हुनुका साथै ५ हजार ७ सय व्यक्ति संक्रमित भएको स्पेनिस सञ्‍चारमाध्यमहरुले जनाएका छन्।

त्यसो त कोरोनाभाइरसको संक्रमणमा स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज पत्नी मारिया बेगोना गोमेज फेर्नान्देमा पनि को शिकार बन्न पुगेका छन् ।

सरकारले सार्वजनिक गरेको रिपोर्टका अनुसार स्वास्थ्य अधिकारीहरुले स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भाइरस फेला परेको हो। स्पेनिस सराकारले मन्त्रिपपरिषद्का सबै सदस्यको स्वास्थ्य परीक्षण गराएको थियो। त्यसक्रममा दुई मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियासमा संक्रमण भेटिएको थियो। कोरोना भाइरस देखिए पनि उनी खतरामुक्त रहेका अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन्।

विश्वभरमा कोभिड– १९ को संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार ८३५ पुगेको छ । संक्रमितहरुको संख्या १ लाख ५६ हजार ५३३ पुगेको छ भने ७५ हजार ९२२ संक्रमितहरुको उपचार पछि घर फर्केका छन् ।


सम्बन्धित खबरहरु