सार्क नेताहरूबीच कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मिलेर अगाडि बढ्ने विषयमा सहमति जुटेपछि भिडियो कन्फरेन्स गर्न लागिएको हो। कन्फरेन्सको औपचारिक थालनी दिल्लीबाट हुनेछ।
कन्फरेन्सको हब दिल्ली भए पनि नेपाल अध्यक्ष हुनाले हामीले पनि भूमिका निर्वाह गर्ने परराष्ट्र सचिव शंकरदास बैरागीले बताए । सम्मेलनमा सबै सदस्य मुलुकबाट राजनीतिक नेतृत्व सहभागी हुनेछन्। सार्क क्षेत्रमै कोरोना भाइरस संक्रमण बढेपछि भारतको प्रस्तावमा नेपालले अध्यक्षको नाताले यसको व्यवस्थापन र छलफल अघि बढाएको हो।
कन्फरेन्स ५ बजे सिंहदरबारमा हुनेछ। प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य लाभ गरेर शुक्रबार डिस्चार्ज भएका थिए। प्रधानमन्त्री ओलीले केही राजनीतिक नेता र आफ्ना सल्लाहकार समूहलाई भेटेका छन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था असहज देखिएमा कन्फरेन्समा परराष्ट्रमन्त्री र सल्लाहकार समूह सहभागी हुनेछन्।