आज: 

प्रचण्ड–ओली भेट : प्रचण्डद्वारा समसामयिक राजनीतिका बारेमा ‘बिफ्रिङ’

ओके खबर १ चैत्र २०७६, शनिबार २१:३२ मा प्रकाशित ( साल अघि) १८० पाठक संख्या

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगी अध्यक्ष दाहालले आज बिहान अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको हो । सो क्रममा अध्यक्ष दाहालले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकामा प्रधानमन्त्रीलाई बधाई दिनुभएको थियो ।

भेटमा उहाँले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सो क्रममा अध्यक्ष दाहालले समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपण गरी शुक्रबार ‘डिस्चार्ज’ हुनुभएको थियो ।


सम्बन्धित खबरहरु