भरतपुर अस्पतालमा कोरोना भाईरस पुष्टी भएको खबर सत्य की झुट ? (विज्ञप्तसहित)

ओकेखबर संवाददाता ३० फाल्गुन २०७६, शुक्रबार १०:४० मा प्रकाशित ( साल अघि) २३१ पाठक संख्या

काठमाडौँ — बिहीबार दिउँसो भरतपुर अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिलाई तोडमोड गरी सामाजिक सञ्जालमा अफवाह फैलाइएको पाईएको छ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि चालेको आवश्यक कदमका बारेमा सार्वजनिक भएको प्रेस विज्ञप्तिलाई तोडमोड गरी अफवाह फैल्याएको पुष्टी भएको हो ।
त्यसमा कोरोनाका बारेमा सही सूचना दिनका लागि पोस्टर, पम्पलेट तथा फ्लेक्स प्रिन्ट तयार पारिएको साथै ५ शय्याको आइसोलेसन वार्डलाई बढाएर १९ शय्या बनाइएको कुरा थियो।
त्यस्तै विज्ञप्तिमा अस्पतालमा अहिलेसम्म २ जनाको नमुना परीक्षण गरिएको र नेगेटिभ देखिएको जानकारी पनि थियो। विज्ञप्तिमा लेखिएको थियो, ‘यस अस्पतालबाट हालसम्म २ जनाको नमुना परीक्षण गरिएकोमा नेगेटिभ देखिएको र आज फागुन २९ गते थप एकजनाको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको छ।’
तर सामाजक संजालमा भाईरल भएको विज्ञप्तीमा भने परीक्षणका क्रममा कोरोना भाईरसको संक्रमण पुष्टी भएको देखिएको थियो ।
सूचनालाई फोटोसपमार्फत ‘नेगेटिभ’ लाई ‘पोजिटिभ’ बनाएर सामाजिक सञ्जालमार्फत केही व्यक्तिले भ्रम फैलाउने काम गरिरहेको भन्दै अस्पतालले त्यस्ता भ्रमको पछि नलाग्न आग्रह गरेको छ ।
भ्रम फैल्याएर मानिसमा त्रास सिर्जना गर्ने व्यक्तिलाई कारबाही गर्न पनि अस्पतालले भनेको छ ।

भ्रम फैल्याईएको विज्ञप्ती

यथार्थ विज्ञप्ती


सम्बन्धित खबरहरु