आज: 

नायिका आंचल शर्मा प्रेमी उदिपसंग लगनगाँठोमा

ओके खबर २९ फाल्गुन २०७६, बिहीबार २१:४३ मा प्रकाशित ( साल अघि) ५४८ पाठक संख्या

काठमाडौ । नायिका आंचल शर्मा आफ्नो प्रेमी उदिप श्रेष्ठसंग लगनगाँठोमा बाँधिएकी छिन् । प्रेम सम्बन्धमा रहेको केहि समय पश्चात आँचलले प्रेमी उदिप श्रेष्ठसंग लगन गाँठो कसेकी हुन् ।

केही वर्ष देखिको चिनजान पश्चात प्रेममा परेका यो जोडी बिहिबार विवाह बन्धनमा बाँधिएका हुन् । बुढानिलकण्ठ स्थित पार्क भिलेजमा विवाह सम्पन्न भएको हो । आँचल शर्माले चलचित्र छेत्रका निकट साथीलाई मात्र विवाहमा निम्त्याएकी छिन् । शनिवार भने भव्य रिसेप्सन पार्टी आयोजना गर्दैछिन् ।

आँचल शर्माका श्रीमान् पेसाले मेडिकल डाक्टर हुन् । आँचलले करिब ६ महिना अघि मात्र आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी थिइन् ।


सम्बन्धित खबरहरु