पूर्व डिआइजी खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ शुभारम्भ

ओकेखबर संवाददाता २९ फाल्गुन २०७६, बिहीबार २०:३० मा प्रकाशित ( साल अघि) ३८६ पाठक संख्या

काठमाडौं । पूर्व डिआइजी रमेश खरेलको नेतृत्वमा ”हाम्रो नेपाल सुशासन अभियान”को घोषणा भएको छ । आज राजधानीमा एक कार्यक्रमकाबीच अभियान सञ्‍चालनका लागि खरेलको संयोजकत्वमा केन्द्रीय तर्दथ कार्यकारी परिषद् पनि गठन गरिएको भएको छ ।

कार्यकारी परिषद्‍माका सदस्यहरुमा पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्रप्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ रहेका छन्।

भ्रष्टाचार मुक्त रास्ट्र निर्माण ,रास्ट्रयिताको संरक्षण ,निर्वाचन लगायताका आधाभुत प्रणालीमा सुधार , राजनीति सुद्धिकरण, कानुनी सासनको प्रत्याभूति गराउने उद्देश्यले यस अभियान सञ्चालनमा ल्याएको खरेलले बताउनुभयो ।

त्यस्तै अभियानले सृजनसिलताको कदर , समृद्ध र समतामूलक समाजको निर्माण साथै यसका लागि भ्रष्टचार अन्त्यका लागि देशव्यापी रुपमा नागरिक खबरदारी कार्यक्रम गर्ने, सुशानको लागि दबाबमूलक नागरिक कार्यक्रम गर्ने,निर्वाचन प्रणालीमा व्यापक सुधार गरी सदाचार र इमानदारिताको कदर गर्न दबाबमूलक कार्यक्रमहरु गर्ने,नेपाल र नेपालिको हितमा नदेखिएका संवैधानिक प्रावधान र व्यवस्थापनमा सुधार , सार्बजनिक सेवा प्रदायक निकायबाट नागरिकले झेल्नुपरेको समस्या र झन्झटबाट मुक्त गर्न नागरिक खबरदारी दबाव कार्यक्रमहरु गर्ने , जिल्ला जिल्लामा भ्रष्टाचार र दुरुपयोग विरुद्ध सचेतना अभियान गर्ने, राजनीतिक अपराधीकरणको अन्त्य लगायतका उद्देश्य लिएको छ ।

खरेलले देशमा राजनीति नेतृत्व जनता प्रति गैरजिम्मेवार बनेको , कर्णाली , तराई मधेस , शिक्षा स्वास्थ बाट बन्चित रहेको , ठुला ठुला काण्ड हरुमा रुमलिएको देशको अवस्था देखेर आफुहरु मिलेर सचेतना जगाउन लागिएको स्पस्ट , खुल्ला भएर पारदर्शि तबरवाट कार्यक्रम अगाडि लैजाने धारण व्यक्त गरेका थिए ।

साथै खरेलले देशमा राजनीति नेतृत्व जनता प्रति गैरजिम्मेवार बनेको , कर्णाली , तराई मधेस , शिक्षा स्वास्थ बाट बन्चित रहेको , र ठुला ठुला काण्ड हरुमा रुमलिएको देशको अवस्था रहेकोले आफुहरु मिलेर सचेतना जगाउन लागिएको स्पस्ट पारेका छन् ।


सम्बन्धित खबरहरु