चौध वर्षअघिको ह-त्या आरोपी फरार बाबु–छोरा पक्राउ

ओकेखबर संवाददाता २९ फाल्गुन २०७६, बिहीबार २०:०३ मा प्रकाशित ( साल अघि) २४० पाठक संख्या

सप्तरी । चौध वर्षअघि ह-त्या गरेको आरोपमा फरार रहेका बाबु–छोरा बिहिबार पक्राउ परेका छन् ।

सप्तरीको तिरहुत गाउँपालिका–४ डिमनका दिलीपकुमार यादवलाई गोली हानी ह-त्या गरेको आरोपमा फरार रहेका सोही ठाउँका ५३ वर्षीय सुकदेव यादव र उनका छोरा ३७ वर्षीय विनोदकुमार यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

आरोपितले विसं २०६२ असोज १७ गते गोली हानी ह-त्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उनीहरुविरुद्ध कर्तव्य ज्या-नको उजुरी दर्ता गरेको थियो । घटनालगत्तै फरार रहेका सुकदेव यादवको परिवार सुनसरीको इनरुवा नगरपालिका–९ बबिया गई बसोबास गर्न थालेका थिए ।

प्रहरीका अनुसार उनीहरुलाई सुनसरीको इनरुवा–९ स्थित घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका आरोपितलाई आज साँझ सुनसरीबाट सप्तरी ल्याइएको र इलाका प्रहरी कार्यालय कञ्चनरुपमा नियन्त्रणमा राखिएको छ ।


सम्बन्धित खबरहरु