यौन उत्पीडनमा हलिउड सिनेमा निर्माता हार्वीलाई २३ वर्षको कैद

ओकेखबर संवाददाता २९ फाल्गुन २०७६, बिहीबार ०९:३४ मा प्रकाशित ( साल अघि) २९४ पाठक संख्या

एजेन्सी । चर्चित हलिउड सिनेमा निर्माता हार्वी वाइनस्टीनलाई यौन उत्पीडन तथा बलात्कारको मामिलामा २३ वर्षको कैद सजाय सुनाइएको छ।

न्यू योर्कको एक अदालतले उनलाई बलातकार र यौन आक्रमणका मामिलामा गत महिना दोषी पाएपछि यो सजाय सुनाएको हो।

अदालतको यो निर्णयको #मिटु को विश्वव्यापी महिला आन्दोलनमा संलग्नहरूले स्वागत गरेका छन्। सुनुवाइका लागि वाइनस्टीन बुधबार ह्वीलचेयरमा अदालत उपस्थित भएका थिए।

उनका वकिलहरूले उमेर र सिनेमा क्षेत्रका लागि वाइनस्टीनले दिएको योगदानका लागि उनको सजाय घटाउन माग गरेका थिए।

त्यसक्रममा उनीहरूले पाँच वर्षको कैद सजाय उनका लागि जन्मकैद सरह हुने तर्क पेस गरेका थिए।

वाइनस्टीनका वकिलहरुले यो तर्क गरेपनि उनको विपक्षमा वकालत गरेकाहरुले भने उनलाई अधिक्तम सजाय हुनुपर्ने तर्क पेस गरेका थिए।

वाइन्स्टीनमाथि ८० बढी महिलाले यौन उत्पीडन गरेको आरोप लगाएका छन्।

गत महिना भएको न्यू योर्क अदालतको पाँच महिलासहित सात पुरूषको जुरीले पाँच दिनसम्मको विचारविमर्शपछि वाइन्स्टीनलाई थर्ड डिग्री रेप, र ुफस्ट डिग्री आपाराधिक यौन गतिविधिमा दोषी ठहर गरेको थियो।

उनलाई यी मामिलाहरुमा २५ वर्षसम्मको कारावास सजाय हुनसक्ने अनुमान थियो। उनीमाथि अहिले पनि दुई महिलालाई बलात्कार र यौन हमला गरेको मुद्दा लस एन्जल्समा चलिरहेको छ।


सम्बन्धित खबरहरु