डा. डीआरको ‘मायाको सागर’ लोकार्पण

ओकेखबर संवाददाता २८ फाल्गुन २०७६, बुधबार २२:५९ मा प्रकाशित ( साल अघि) ३६७ पाठक संख्या

काठमाडौं । चर्चित गीतकार डा. डीआर उपाध्यायको नयाँ एल्बम ‘मायाको सागर’ बुधबार सार्वजनिक भएको छ ।

वरिष्ठ सङ्गीतकार सिलाबाहादुर मोक्तानको प्रमुख आतिथ्यतमा आयोजित एक कार्यक्रमकाबिच एल्बम सार्वजनिक गरिएको हो ।

सो एल्बमका १२ भाषा समेटिएको छ । एल्बममा नेपाली, हिन्दी, चाइनिज, जापानिज, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेञ्च, स्पेन, इटलियन, जर्मन र थाई गरी १२ भाषामा गीत रहेको गीतकार उपाध्यायले बताए ।

नेपाली भाषामा सागर अधिकारी ‘शरद’, हिन्दीमा डा डीआर उपाध्याय र अन्य भाषमा प्रकाश तिमिल्सिनाको स्वर रहेको छ । सबै गीतमा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ भने एरेञ्ज देवेन्द्र नेवाःले गरेका छन् ।


सम्बन्धित खबरहरु