ठूलो परिमाणको लागुऔषधसहित एक पक्राउ

ओकेखबर संवाददाता २८ फाल्गुन २०७६, बुधबार १९:०१ मा प्रकाशित ( साल अघि) ३५७ पाठक संख्या

काठमाडौं । महानगरीय प्रहरी प्रभाग वुढानिलकण्ठले लागुऔषधसहित एक जनालाई पक्राउ गरेकाे छ ।

 

महानगरीय प्रहरी प्रभाग वुढानिलकण्ठका कार्यालय प्रमूख प्रहरी निरीक्षक भूपेन्द्र गिरीको कमाण्डमा खटिएको टोलीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेकाे हाे ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम राज सुवेदीले जिल्ला दोलखा मेलुङ्ग गाँउपालिका वडा नं ३ घर भई हाल जिल्ला काठमाडौं बूढानीलकण्ठ नगरपालीका वडा नं. ४ पासिकोटमा रहेको गंगाराम के.सी.को जग्गा भाडामा लिई टहरो बनाई बस्ने बर्ष ३३ को सुनिल न्यौपानेको कोठामा गांजा लगाएत अन्य लागु औषध विक्री वितरण र सेवान गर्ने गरेको भन्ने विषेश सुचनाको आधारमा खानतलासि गर्दा लागुऔषधसहित पक्राउ गरिएकाे बताए ।

 

काठमाडौं प्रहरी प्रमुख सुवेदीले न्यौपानेको कोठाकाे दराजमा रातो र हरियो प्लास्टिकको ८ वटा पोका र Whiskey को खोल भित्र गरी जम्मा ६ के.जी ४३५ ग्राम गाँजा , ट्रमाडाेल Tramadol,कफट्याव डि ,Koftab-D, र ,Losap 50 नामक लागु औषध समेत फेला परेको बताए । पक्राउ परेका न्याेपानेलाई नियान्त्रण लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएकाे छ


सम्बन्धित खबरहरु