त्रिपुरेश्वरमा रहेको ईभेन्ट भेन्युमा बिहीबार दिउँसो १ कार्यक्रम गरी अभयानको घोषणा गरिने खरेलको भनाई छ ।
भ्रष्टाचार विरोधी अभियान संचालन गर्ने, राष्ट्रियता संरक्षण र प्रवद्र्धन एवं राजनीतिक सुद्धिकरणका लागि अभियान घोषणा गर्न लागिएको खरेलले ओकेखबरलाई जानकारी दिए ।
उनले बिहीबार घोषणा हुने अभियानले नागरिकलाई कानुनी शासन प्रत्याभुति गराउने उदेश्य लिएको पनि बताए ।
यसअघि खरेल र ज्ञानेन्द्र शाही मिलेर ‘हाम्रो नेपाल हामी नेपाली’ नामको गैरराजनीतिक अभियान अघि बढाउने तयारी गरेपनि त्यो अन्तिम समयमा हुन सकेको थिएन ।
क्रिस्ल पार्टी प्यालेसमा घोषणा सभा राखिएको भएपनि उनीहरुबीच केही विषयमा कुरा नमिलेपछि अन्तिम अवस्थामा भाँडिएको थियो ।