अध्यक्ष दाहालले आज विज्ञप्ति जारी गरी मध्यपुर नगरपालिका वडा नं १ लोकन्थली भक्तपुरस्थित निजी निवासमा आतङ्ककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्याएको उल्लेख गर्नुभएको छ ।
“म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु, घटनामा संलग्न अपराधीलाई नियन्त्रणमा लिन र कडा कानूनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु”, विज्ञप्तिमा भनिएको छ ।