ब्रिटेनकी स्वास्थ्यमन्त्रीमा पनि कोरोना सङ्क्रमण पुष्टि

ओकेखबर संवाददाता २८ फाल्गुन २०७६, बुधबार ०९:३४ मा प्रकाशित ( साल अघि) २५७ पाठक संख्या

काठमडौं । ब्रिटेनकी कनिष्ठ स्वास्थ्यमन्त्रीमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्यमन्त्री नदिन डोरिजले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन्।

स्वास्थ्यकर्मीहरूले उनमा कोबाट भाइरसको सङ्क्रमण भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्। उनी प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार आयोजना गरेको भोजमा सहभागी भएकी थिइन्।

स्वास्थ्यमन्त्री डोरिजले आफूसँगै घरमा बसिरहेकी आफ्नी ८४ वर्षिया आमाको स्वास्थ्यबारे आफूलाई चिन्ता लागेको बताइन्।

ब्रिटेनमा करिब ४०० जनामा सङ्क्रमण भेटिएको छ। ६ जनाको मृत्यु भएको छ।

यता अमेरिकामा न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोउमोले कोरोनाभाइरसबाट निकै प्रभावित उत्तरी सहरको इलाकामा सार्वजनिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ।  न्यू रोशलको १.६ किलोमिटर क्षेत्रलाई नियन्त्रित क्षेत्र घोषणा गरिएको हो।

कोरोनाभाइरस अति प्रभावित इटलीमा ज्यान गुमाउने सङ्ख्या फेरि बढेको छ।  कडा प्रतिबन्ध लगाइएको इटलीमा मृतकको सङ्ख्या ६३१ पुगेको छ।

इटलीमा एकै दिन १६८ जनाको मृत्यु भएको छ। सङ्क्रमितहरूको सङ्ख्या करिब एक हजार थपिएर १० हजार १४९ पुगेको छ।

इटली चीनपछि सबैभन्दा धेरै मानिसको मृत्यु हुने देश हो।

सबभन्दा पहिले कोरोनाभाइरस भेटिएको चीनमा सङ्क्रमितहरूको कूल सङ्ख्या ८० हजार ७५४ छ भने ३ हजार १३६ जनाले ज्यान गुमाएका छन्।


सम्बन्धित खबरहरु