पूर्वसञ्चारमन्त्री बास्कोटाको घर नजिकै बम विष्फोट

ओकेखबर संवाददाता २८ फाल्गुन २०७६, बुधबार ०८:३६ मा प्रकाशित ( साल अघि) २४४ पाठक संख्या

काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको भक्तपुरस्थित घर नजिकै बम विष्फोट भएको छ ।

लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीन घरमा आज बिहान ७ बजेर ५ मिनेटमा उक्त विष्फोट भएको प्रहरीले जनाएको छ।

बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइएको प्रहरीले बताए पनि कसले र किन गरायो भन्ने खुलाएको छैन ।

उनको घरको भित्तामा प्रेसरकुकर बम विस्फोट गराइएको र त्यसबाट घरको भित्तामा क्षति पुगेको छ।

प्रहरीले कसले र किन बम विस्फोट गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि बाँस्कोटाले फागुन ७ गते राजीनामा दिएका थिए।


सम्बन्धित खबरहरु