आज: 

नुहाउँन बाथरुम छिरेका भण्डारी मृत भेटिए

ओके खबर २६ फाल्गुन २०७६, सोमबार १७:१७ मा प्रकाशित ( साल अघि) ४०६ पाठक संख्या

धनगढी । नेविसंघ डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको निधन भएको छ। सोमबार होली खेलेर नुहाउँन बाथरुम छिरेका उनी मृत अवस्थामा भेटिएका हुन ।

उनी ग्यास ग्रीजर चलाएर नुहाउन लागेको र मृत अवस्थामा भेटिएको भण्डारीका आफन्तले जानकारी दिएका छन्।

घटनाबारे अनुसन्धान भइरहेको र मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए।

भण्डारी डडेल्धुरा कपडा बैकंका अभियन्ता हुन। उनी डडेल्धुरामा विभिन्न समाजिक कार्यमा संलग्न थिए।


सम्बन्धित खबरहरु