कोरोना सचेतनामा हन्ड्रेडस् ग्रुप: निःशुल्क मास्क वितरण

ओकेखबर संवाददाता २६ फाल्गुन २०७६, सोमबार १२:०७ मा प्रकाशित ( साल अघि) ६१९ पाठक संख्या

काठमाडौं । सामाजिक सेवामा अग्रसर संस्था हन्ड्रेडस् ग्रुपले आइतबार काठमाडौंको बानेश्वरमा मास्क वितरण गरेको छ ।

बजारमा मास्कको अभाव भैरहेको बेला हन्ड्रेडस् ग्रुपले सडकमा खटिएका ट्राफिक प्रहरी, सावजनिक यातायातका चालक तथा सहचालक एवम् यात्रु हरुलाई निःशुल्क माक्स वितरण गरेको हो ।

 

संस्थाका अभियानता विक्रम ओलीका अनुसार काठमाडौंको बानेश्वर बाट सुरु भएको कोरोना सचेतना तथा मास्क वितरण अभियान अन्तर्गत दोस्रो चरणमा कलन्की लगायत अन्य ठाउमा गरिने जानकारी दिए ।

 

त्यसो त पछिल्लो समय जनावरहरु साप, बिरालो, चमेरा मासु खाएर संक्रमण देखिएको भन्दै साहाकारी अभियान पनि संचालनमा ल्याउने तयारी रहेको जानकारी दिए । ओलीले जनावरलाई बाच्न देउ, साहाकारी बनौं भन्ने सन्देश स्वरुप माइती घरमामा सांकेतिक  रुपमा जनावर र्याली  गर्न लागिएको बताएका छन् ।

 

अभियानताहरु विक्रम ओलि, बब्लु गुप्ता, बिमल पन्त, विवेक बस्नेत, नविन बस्नेत अन्सु यादव, सुशील भुर्तेल लगायत संलग्न हन्ड्रेडस् ग्रुप विगत ३ वर्षदेखी विभिन्न सामाजिक काममा सक्रियता देखाउदै आएको छ । त्यस्तै संस्थाले वैदेशिक रोजगारवाट ठगिएका युवा, सडकमा बेवारिस भएको व्याक्तिहरूको उद्दार लगायत विभीन्न रचनात्मक काम गर्दै आएको छ ।


सम्बन्धित खबरहरु