कतारमा नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध

ओकेखबर संवाददाता २६ फाल्गुन २०७६, सोमबार ०९:०४ मा प्रकाशित ( साल अघि) ३१८ पाठक संख्या

काठमाडौं । कतारले नेपाल सहित १४ देशका यात्रुलाई अस्थाइ प्रतिबन्ध लगाएको छ ।

चिनको वुहानबाट फैलिएको कोरोनाभाइरस (कोभिड(१९) को संक्रमण फैलिदै गएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रोक लगाएको हो ।

कतारले चीन, इजिप्ट, भतरत, इराक, इरान, लेवनान, बांगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि रोक लगाएको हो।

कतार एयरवेजले यसअघि नै इटालीसँगको हवाइ उडान रोकिसकेको छ।

कतारमा आइतबारमात्र ३ जनामा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको थियो। कतारमा हालसम्म १५ जनामा संक्रमण देखिएको छ।


सम्बन्धित खबरहरु