नेविसंघले बाड्यो काठमाडौंमा एक हजार निःशुल्क मास्क

ओकेखबर संवाददाता २५ फाल्गुन २०७६, आईतवार २२:३३ मा प्रकाशित ( साल अघि) ५१६ पाठक संख्या

काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबारे सचेतनास्वप नेपाल विद्यार्थी संघले आइतबार मास्क वितरण गरेको छ ।

भ्याली इन्जिनियरिङ कलेजका सभापति विवेक बस्नेतको सभापतित्वमा महामन्त्री महेश्वरी कुँवरको नेतृत्वमा आइतबार मास्क वितरण गरेको हो ।

बजारमा मास्क अभाव भैरहेको बेला नेपाल विद्यार्थी संघले काठमाडौंको बानेश्वरका यात्रीहरुलाई एक हजार मास्क वितरण गरेको हो ।

उक्त क्याम्पसले सुरु गरेको निशुल्क मास्क वितरण कार्यक्रम नेविसंघले देशभर संचालन गर्ने ने. वि. संघकी महामन्त्री कुँवरले बताइन् ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता दुजाङ शेर्पा, संघका निवर्तमान केन्द्रिय सदस्य संजिव खड्का संघका नेपाल कमर्स क्याम्पसका सभापति सरोज तिमल्सिना लगाएतका नेताहरूले मास्क वितरण गरेका थिए।


सम्बन्धित खबरहरु