टिपरको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु

ओकेखबर संवाददाता २४ फाल्गुन २०७६, शनिबार २१:०२ मा प्रकाशित ( साल अघि) २८४ पाठक संख्या
कञ्चनपुर । टिपरको ठक्करबाट शनिबार कञ्चनपुरमा एक नौ वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका– ८ रिछाहाका आकाश राना रहेको प्रहरीले जनाएको छ ।

बेलौरी नगरपालिका– ४ बुटावरीबाट बेलौरी बजारतर्फ आउँदै गरेको म१ख ८४९ नंको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको कैलालीको धनगढीस्थित प्रदेशिक सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताउनुभयो ।

ठक्करबाट पैदल हिँड्दै गरेका बालक रानाको टाउकोमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ । बालकको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।


सम्बन्धित खबरहरु