विप्लव समूहका विद्यार्थी नेता पक्राउ

ओकेखबर संवाददाता २४ फाल्गुन २०७६, शनिबार २०:५३ मा प्रकाशित ( साल अघि) २३१ पाठक संख्या

भोजपुर । भोजपुरबाट नेत्रविक्रम चन्द समूहका विद्यार्थी नेता पक्राउ परेका छन् ।

प्रहरीले चन्द समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० भोजपुर जिल्ला समिति सदस्य आत्मा राईलाई पक्राउ गरेको हो ।

पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको एलम्बरचोकमा रहेको एक होटलबाट राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिनुभयो ।

प्रहरीले केही दिन अगाडि सोही समूहका जिल्ला सस्दय सुमित परियारलाई यहाँको कोटबाट नियन्त्रणमा लिएको थियो ।


सम्बन्धित खबरहरु