सर्जिकल सामान कालोबजारी गर्ने भारतीय पक्राउ

ओकेखबर संवाददाता २४ फाल्गुन २०७६, शनिबार ०७:३९ मा प्रकाशित ( साल अघि) ३०४ पाठक संख्या

काठमाडौं । मौका छोपेर ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेच्ने व्यापारीलाई  पक्रउ गरेको छ । नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी प्रिया ट्रेडर्सका अनिल गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

भारत घर भएका गुप्ताले काठमाडौँ महानगरपालिका–२५ बाङ्गेमुडामा पसल राखेर सामान कालोबजारी गर्दै आएको आरोप लगाइएको छ । जनसेवा प्रहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले ११० पर्ने सामानलाई ३०० लिएर बेचेको सूचनाका आधारमा गुप्तालाई पक्राउ गरिएको बताए ।

महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेचेको सूचना पाएपछि प्रहरीले गुप्तालाई पक्राउ गरेको हो ।

पक्राउ गुप्तासँग प्रहरीले ८१४ थान ह्याण्ड स्यानेटाइजर बरामद गरेको छ जसको बजार मूल्य रु दुई लाख ५६ हजार ५२० रहेको छ । पक्राउ परेकालाई कालोबजारीविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबरहरु