भक्तपुरमा डरलाग्दो दुर्घटना, १० वटा गाडी ठोक्किदा १५ जना घाइते

ओकेखबर संवाददाता २३ फाल्गुन २०७६, शुक्रबार २१:५७ मा प्रकाशित ( साल अघि) ४६६ पाठक संख्या

भक्तपुर – सूर्यविनायक नगरपालिका-५, चुनदेवीमा शुक्रबार सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–००३ प ४६४७ काठमाण्डौ वर्ल्ड स्कुलको भ्यानका कारण एकै पटक १० वटा सवारी साधन एकआपसमा ठोक्किँदा १५ जना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार भ्यानले सडकमा अचानक ब्रेक लगाउँदा पछाडि आउँदै गरेको बा. १६ च. ४३६१ नम्बरकाे टाटा मोबाइलले ठक्कर दिएर दुर्घटना हुँदा टाटा माेबाइल पछाडि आउँदै गरेको बा. ४१ प. ४४०९ नम्बरकाे मोटरसाइकल, बा. ३ ख. ३३४९ नम्बरकाे बस, प्रदेश ३ बा. २८३६ नम्बरकाे कार बा. ७० प. ४४४५ नम्बरकाे मोटरसाइकल, प्रदेश नं. ३–०२–००७ प. ९६६४ नम्बरकाे स्कुटर, प्रदेश नं. ३–०१–००३ क. ४६४४ नम्बरकाे भ्यान, प्रदेश नं.३–०१–००३ क ४६४१ नम्बरकाे भ्यान, प्रदेश नं. ३–०२–०१० प ३७६३ नम्बरकाे मोटरसाइकलसमेत गरी १० वटा गाडीहरु ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् ।

घाइतेहरुको भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा अस्पतालमा उपचार भइरहेको र उनीहरु खतरा मुक्त रहेको प्रहरीले जनाएकाे छ ।


सम्बन्धित खबरहरु