चार करोडको सामानसहित १५ तस्कर पक्राउ

ओकेखबर संवाददाता २३ फाल्गुन २०७६, शुक्रबार २१:३५ मा प्रकाशित ( साल अघि) ४६७ पाठक संख्या

रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको छुुट्टाछुटै गस्ती टोलीले चार करोडभन्दा बढीको अवैध सामानसहित १५ जना तस्करलाई पक्राउ गरेको छ । यस आर्थिक वर्षको साउनदेखि हालसम्म सशस्त्र प्रहरी गस्ती टोलीले भन्सार छली भित्र्याइएको चार करोड ७१ लाख बराबर भारतीय सामानसहित १५ जना तस्करलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैजनालाई नेपाल प्रहरीमार्फत कारवाहीको दायरामा ल्याइएको र बरामद सामान आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालय बुुझाइएको सशस्त्र प्रहरी रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले बताउनुुभयो ।

त्यसैगरी सशस्त्र प्रहरीले यस आवको साउनदेखि हालसम्म लागुुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । गत फागुन २१ गते बुधबार सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेलबिछवाको गस्ती टोलीले राजदेवी नपा–८ लक्षमीपुर बडहर्वा सडकखण्डमा भारत विहार बैरगनिया–१३ का रोहित पासवानलाई पाँच किलो २०० ग्राम गाँजासहित पक्राउ गरेको थियो ।

यसअघि गत पुस १ गते सशस्त्र प्रहरीले लागुुऔषध ३०० ट्याबलेट नाइटोभेटसहित एकजनालाई बङ्कुलबाट र गत गत असोज २५ गते गौरबाट लागुुऔषध एक किलो गाँजासहित एकजनालाई पक्राउ गरेको थियो

हिन्दुूको पर्व होली नजिकिँदै जाँदा रौतहटको बेलबिछवा, महादेवपटी, औरैया, बनजरहा, जयनगर, मठिया, रामपुर नरकटिया, बङ्कुल र बाराको कर्चोवा, सिम्रौनगढ, पिपरपाती, मटिअर्वा, कबहिगोठ, मुसहर्वालगायत सीमा नाकाबाट भारतीय सामानको चोरी–तस्करी बढेको छ । चोरी–तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी मध्यक्षेत्रीय वाहिनी बर्दिबासले रौतहट र बारामा दुुईजना नायब प्रहरी उपरीक्षकको कमान्डमा विशेषटोली खटाइए पनि नियन्त्रण हुन सकेको देखिएन ।


सम्बन्धित खबरहरु