प्रतियोगितामा खोटाङका जुनेश खड्का प्रथम, कालिकोटका देवराज महतरा द्वितीय, धादिङका श्रीलाल तामाङ, तृतीय र धादिङका रमेश ढकाल सान्त्वना हुनुभएको छ ।
प्रतियोगितामा विजयी हुनेलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले क्रमशः रु २५ हजार, १५ हजार, १० हजार र पाँच हजारसहित पुरस्कृत गर्नुभयो ।
धादिङबेँसीको खुलामञ्चबाट शुरु भएको म्याराथुन प्रतियोगिता पौवाघर हुँदै सुनौलाबजारस्थित भैरवी मन्दिरसम्म १० किलोमिटर यात्रा गरी समापन गरिएको थियो ।