मृत्यु हुनेमा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–७ का ५५ वर्षीय मधु श्रेष्ठ रहेका छन् । मोटरसाइकल चालक ६२ वर्र्षीय हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन् । चालक श्रेष्ठको मधु श्रीमती हुनुहुन्छ ।
तानसेनबाट बुटवल जाँदै गरेको लु २ ख ३१७८ नम्बरको टिपरले सोही दिशामा गएको लु ७ प ४३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले घाइते हिमालको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको बताउनुभयो ।