आज: 

प्रमलाई हिँडडुल गराउन थालियो

ओके खबर २३ फाल्गुन २०७६, शुक्रबार १७:०४ मा प्रकाशित ( साल अघि) २६५ पाठक संख्या

काठमाडौं । मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ ।

उहाँको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाका अनु्सार प्रधानमन्त्रीका ‘भाइटल’ र प्रयोगशाला परीक्षणका सूचक सामान्य छन् ।

मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको स्वास्थ्यस्थितिमा पनि क्रमिक सुधार भइरहेको र उहाँलाई ठोस आहार दिन थालिएको छ ।


सम्बन्धित खबरहरु