विज्ञप्तिमा भनिएको छ, ‘नोबेल कोरोना भाइरसको प्रकोप दिन प्रतिदिन फैलिँदै गएकोले सो अवस्थाबाट जोगिन शिक्षा सरोकारलासँगको मिति २०७६ साल फागुन २३ गते बसेको बैठकको निर्णयअनुसार यस धनगढी उपमहानगरपालिका अन्तरगत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरु लगायत सम्पूर्ण शिक्षण संस्थाहरुमा सञ्चालन हुने आधारभूत तह अन्तिम परीक्षा तथा विद्यालयहरुको आन्तारिक वार्षिक परीक्षा र विद्यालयको सम्पूर्ण पठनपाठनका क्रियाकलापहरु अर्को सूचना जारी नभएसम्मका लागि मिति २०७६ साल फागुण २५ गतेदेखि लागू हुनेगरी बन्द गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’