ललितानिवास जग्गा प्रकरण : गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी

ओकेखबर संवाददाता २३ फाल्गुन २०७६, शुक्रबार १४:३२ मा प्रकाशित ( साल अघि) २५६ पाठक संख्या

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई अदालतमा उपस्थित हुन विशेष अदालतले १५ दिने म्याद जारी गरेको छ ।

पूर्वउपप्रधानमन्त्री गच्छदारलाई ललिता निवासको सरकारी/सार्वजनिक जग्गा हिनामिना प्रकरणमा अदालतले म्याद जारी गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो र आठदेखि दश वर्ष कैद सजायँ माग दाबी गरेर विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।

अदुअआले ललिता निवास प्रकरणमा प्रतिवादी बनाएका पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पनि १५ दिने म्याद जारी गरेको छ ।

पन्त र बस्न्यातले सचिव हुँदा भ्रष्टाचार गरेको अदुअआको आरोपपत्रमा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुन्धान आयोगले गत माघ २२ गते पूर्वउपप्रधानमन्त्री गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो । उनीहरू मध्ये ७४ जनाको नाममा म्याद जारी भएको विशेष अदालतका उपरजिस्ट्रर इन्द्रकुमार खड्काले जानकारी दिए ।


सम्बन्धित खबरहरु