काठमाडौं । मिर्गाैला प्रत्यारोपणपछि उपचारारत प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै काममा फर्किने बताएका छन् ।
प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले केहीबेरअघि प्रधानमन्त्रीसँग सङ्क्षिप्त संवाद गर्नुभएको छ ।
सल्लाहकार रिमालले ट्वीट गर्दै प्रधानमन्त्रीको सन्देश यसरी प्रवाह गरिएको छ “साथीहरुलाई भनिदिनुहोस्, मेरो स्वास्थ्य तीव्रगतिमा सुधार भइरहेको छ, छिट्टै काममा फर्कन्छु ।”
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ ।
सर्जरी पछी आज पहिलो पटक प्रधानमन्त्रिज्यू सँग कुरा गर्ने अबसर मिल्यो। “साथिहरुलाई भनिदिनस, मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भई रहेको छ। छिट्टै म काममा फर्किन्छु।”
धेरै खुशि लाग्यो,
शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रिज्यू!— Bishnu Rimal (@BishnuRimal) March 6, 2020