वीर अस्पतालकै फार्मेसीले मास्क लुकायो, २ लाख रुपैयाँ जरिवाना

ओकेखबर संवाददाता २२ फाल्गुन २०७६, बिहीबार १९:४० मा प्रकाशित ( साल अघि) ३३४ पाठक संख्या

काठमाडौं । कोरोना भाईरसको संक्रमण नेपालमा पनि प्रवेश गर्ने हल्लाले सरकारी अस्पतालकै औषधी पसलले मास्क लुकाउन थालेको भेटिएको छ ।

काठमाडौंको वीर अस्पतालमा रहेको आयुस फार्मेसीले मास्क, सेनिटाईजर लगाय औषधीजन्य सामग्री लुकाएर कृतिम अभाव सिर्जना गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

फार्मेसीले माक्स लगायत औषधीजन्य सामग्री लुकाएर कृतिम अभाव सिर्जना गरेको भन्दै विभागले फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । क्षेत्रपार्टीमा रहेको आईज्याक हस्पिेटक सपोर्टले पनि मास्क लगायत सामग्री लुकाएर कृतिम अभाव सिर्जना गरेको पाईएको छ ।

यस फार्मेसीलाई पनि २ लाख रुपैयाँ जरिवाना गरेको छ । यस्तै क्षेत्रपार्टीमा रहेको एस जे मेडिको सर्जिकललाई २० हजार रुपैयाँ र आरएफ फार्मेसीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।


सम्बन्धित खबरहरु