वेस्ट इन्डिजका पोलार्डकाे कीर्तिमान : पाँच सय टी–२० खेल्ने पहिलो खेलाडी

ओकेखबर संवाददाता २२ फाल्गुन २०७६, बिहीबार १९:१० मा प्रकाशित ( साल अघि) ३५४ पाठक संख्या

काठमाडौं । वेस्ट इन्डिजका कप्तान कायरन पोलार्डले पाँच सय टी–२० खेलमा किर्तिमान बनेका छन् । श्रीलंकाविरुद्ध पाल्लेकेलेमा बुधबार टी–२० खेलेपछि पोलार्डले यस्तो रेकर्ड बनाएका हुन् ।

२००६ मा ट्रिनिडाड एण्ड टोबागोका तर्फबाट केयमन आइल्यान्डस्विरुद्ध टी-२० मा डेब्यू गरेका पोलार्डले वेस्ट इन्डिजका तर्फबाट अन्तर्राष्ट्रिय टी–२० बाहेक दुनियाँ भरका अलग अलग टिमहरुसँग टी-२० खेल खेलेका छन् ।

आईपीएलमा मुम्बई इन्डियन्सका तर्फबाट खेलेका पोलार्डले अहिले सम्म १७ टिमहरुबाट टी–२० खेलेका छन् ।

वेस्ट इन्डिज र भारत बाहेक एडिलेड स्ट्राइकर्स, बारबाडोस ट्राइडेन्ट्स, केप कोब्राज, ढाका डाइनामाइट्स, ढाका ग्लेडिएटर्स, कराची किंग्स, मेलबर्न रेनिगेड्स, मुल्तान सुल्तान्स, पेशावर जाल्मी, समरसेट, साउथ अस्ट्रेलिया, सेन्ट लूसिया स्टार्स, स्टेनफोर्ड सुपरस्टार्स, ट्रिनबागो नाइटराइडर्स, ट्रिनिडाड एण्ड टोबागोजस्ता टिमहरुमा पोलार्ड सहभागी भएका छन् ।

पोलार्डले ५०० टी-२० खेलमा एक शतक र ४९ अर्धशतकको सहयोगले दश हजार रन बनाउनुका साथै २७९ विकेट पनि लिएका छन् । उनको नाउँमा २८८ क्याचहरु छन् ।

पोलार्डले भन्दा धेरै टी-२० रन क्रिस गेलले मात्र बनाएका छन् ।उनको नाममा ४०४ खेलमा १३२९६ रन रहेको छ । पोलार्डपछि सबैभन्दा धेरै टी-२० खेल खेल्ने खेलाडीमा ड्वेन ब्राभो ४५४, क्रिस गेल ४०४, शोयब मलिक ३८२, ब्रेण्डन म्याक्कलम ३७०, टेन डोसेट ३६०, रोहत शर्मा ३२८, महेन्द्र सिंह धोनी ३१७, शाहिद अफरीदी ३१४, ड्यारेन शामी ३०८ र शकिब अल हसान ३०८ रहेका छन् ।


सम्बन्धित खबरहरु