प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार

ओकेखबर संवाददाता २२ फाल्गुन २०७६, बिहीबार १७:१६ मा प्रकाशित ( साल अघि) ३३२ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको छ । सबै सूचक सामान्य छन् ।

उहाँलाई तरल र नरम आहार दिन शुरु गरिएको छ । हाल उहाँलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई अङ्गदान गर्ने समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थिति सुधारोन्मुख भएको र उहाँलाई पनि तरल र नरम आहार दिन थालिएको प्रा. डा. खड्गाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न देशका प्रधानमन्त्री तथा देशका प्रतिनिधिबाट प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको शुभकामना आउने क्रम जारी रहेको बताउनुभयो ।


सम्बन्धित खबरहरु