कोरोनाको शंकामा भर्ना गरिएको विरामी टेकु अस्पतालबाटै फरार

ओकेखबर संवाददाता २२ फाल्गुन २०७६, बिहीबार १५:२३ मा प्रकाशित ( साल अघि) ३८९ पाठक संख्या

काठमाडौं । कोरोना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको आइसोलेसन वार्डबाटै भर्ना भएका एक विरामी भागेका छन् । कोरियाबाट फर्केका उनी हिजो मात्रै अस्पतालमा भर्ना भएका थिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भागेका व्यक्ति अझै सम्पर्कमा आएका छैनन् । प्रहरीको सहयोगमा उनको खोजी कार्य जारी रहेको अस्पतालले जनाएको छ ।

अहिले टेकुमा चारजना कोरोना शंकास्पद विरामी भर्ना भएका छन् । यसअघि मंगलबार कोरियाबाट आएका ३ नेपाली र चीनबाट आएका एकजना चिनियाँ नागरिकमा संक्रमण नदेखिएपछि आइसोलेसनबाट डिस्चार्ज गरिएको थियो ।


सम्बन्धित खबरहरु