माक्स लुकाउने र बढी मूल्यमा बेच्ने सर्जिकल सप्लायर्सलाई २ लाख जरिवाना

ओकेखबर संवाददाता २२ फाल्गुन २०७६, बिहीबार ०८:२१ मा प्रकाशित ( साल अघि) ४४३ पाठक संख्या

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्‍न सर्जिकल सप्लायर्सहरुलाई जरिवाना गरेको छ । बढी मूल्य लिएर मास्क बेचेको आरोपमा विभागले सर्जिकल सप्लायर्सहरुलाई कारबाही गरेको हो ।

विभागले नेपाल केयर सर्जिकल सप्लायर्सले बढी मूल्यमा मास्क बेचेपछि २ लाख रुपैयाँ जरिवाना गरेको हो ।

क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नले खरिद बिल देखाउन नसक्दा १० हजार जरिवना गरिएको छ ।

यसैबीच, त्रिपुरेश्वरमा रहेका विभिन्‍न सर्जिकल सप्लार्यसहरुमा अनुगमन गरिएको विभागका अनुगमन शाखाका निर्देशक सागर मिश्रले बताए ।

अनुगमनका क्रममा खनाल सर्जिकल सप्लायर्स,अर्चना सर्जिकल र फिस टेल सर्जिकल हाउसलाई बढी मूल्यमा सर्जिकल आइटम बेचेको पाइएको छ ।

विभागले ती सप्लायर्सहरुलाई जनही ५ हजारको दरले जरिवाना गरेको छ। सर्जिकल आइटमका खरिद बिल नराखेको भन्दै कारबाही गरिएको विभागले जनाएको छ।

विभागले मास्क लुकाउने र बढी मूल्यमा बेचेको पाइए कारबाही र जरिवाना दुवै हुने बताएको छ। अनुगमनका क्रममा मेडिकल सप्लार्यसहरुले खरिद गरेकोमास्कको बिल लुकाउने र बिक्री गरेको बिल मात्रै देखाएको पाइएको थियो।


सम्बन्धित खबरहरु