जङ्गलमा मदिरा भट्टी

ओकेखबर संवाददाता २१ फाल्गुन २०७६, बुधबार २०:५१ मा प्रकाशित ( साल अघि) ३३९ पाठक संख्या

महोत्तरी । घना जङ्गलमा सञ्चालित अवैध मदिरा भट्टी आज प्रहरीले नष्ट गरेको छ । जिल्लाको औरही नगरपालिका–१ स्थित शिशवनी वनक्षेत्रमा सञ्चालित भट्टी प्रहरीले फेला पारेर नष्ट गरेको हो ।

प्रहरी चौकी औरहीबाट खटिएको टोलीले घना वनक्षेत्रभित्र सञ्चालित भट्टी पत्ता लगाएर नष्ट गरेको हो । जङ्घा नदी किनारको शिशवनी वनक्षेत्रमा सञ्चालित भट्टीबाट एक हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भट्टीमा बनाइने मदिरामा युरिया रासायनिक मल र प्लाष्टिकका चप्पलजस्ता अखाद्य वस्तु मिसावट गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । गाउँ÷नगर वस्तीभित्र प्रहरीको सघन गस्ती भइरहेपछि भट्टी सञ्चालकले सुरक्षित ठाउँ बनाउन वनक्षेत्र पसेका प्रहरीको भनाइ छ । प्रहरी पुग्न अगावै भट्टी सञ्चालक औरहीका स्थानीय नथुनीप्रसाद यादव भागेका बुढाथोकीले बताउनुभयो ।

घरेलु मदिराको सेवनले घरकलह बढाउनेदेखि गम्भीर प्रकृतिका बिरामी हुने क्रम बढेपछि प्रहरीले अवैध मदिरा भट्टी नष्ट गर्ने अभियान नै चलाएको छ । भट्टी सञ्चालकले एक साताभित्र आउन लागेको होली ९फागु० पर्वलाई लक्षित गरी मदिरा बनाउन लागेका बुझिएको छ । पुराना चप्पल, जुत्ता र युरिया मलजस्ता अखाद्य वस्तुको प्रयोग गरी बनाइएको मदिरा बढी नशा दिने र शरीरलाई असर गर्ने भएकाले त्यसको नियन्त्रण गर्न प्रहरीले अभियान नै सञ्चालन गरेको प्रनाउ बुढाथोकीको भनाइ छ ।


सम्बन्धित खबरहरु