दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। उनीहरुमध्ये सामान्य घाइतेहरुको हेटौंडा अस्पताल र गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि भरतपुर पठाउने तयारी भइरहेको हेटौंडा अस्पतालले जनाएको छ।
दुर्घटनामा दुलही फूलमाया लामासमेत सामान्य घाइते भएकी छन्। मृतक तीनैजना पुरुष रहेको र उनीहरुको शव हेटौंडातर्फ ल्याइदै गरेको प्रहरीले जनाएको छ।