बलात्कारको आरोपमा नेकपा प्रदेश सांसद रावल पक्राउ

ओकेखबर संवाददाता २१ फाल्गुन २०७६, बुधबार १९:४९ मा प्रकाशित ( साल अघि) ४१८ पाठक संख्या

कैलाली । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेशका सांसद अक्कल रावललाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपाका सुदूरपश्चिम प्रदेशसभाका सचेतक समेत रहेका रावल बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीमा हाजिर भएर प्रहरीको नियन्त्रणमा छन् ।

धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीकी एक विवाहित महिलाले रावलमाथि बलात्कार प्रयासको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कैलालीमा फागुन १४ गते उजुरी दिएकी थिइन् । पीडित महिलाले उजुरी दिएको एक सातापछि रावललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले फागुन १५ गते नै रावललाई पक्राउ गर्न अनुमति लिएको थियो । रावल अछाम क्षेत्रनम्बर २ को ‘ख’ बाट निर्वाचित नेकपाका सांसद हुन् । पार्टी एकता भन्दा पहिले तत्कालिन माओवादीको प्रमुख सचेतक रहेका रावल एकतापछि उनी नेकपा संसदीय दलको सचेतक भएका हुन् ।


सम्बन्धित खबरहरु