कोरोनाभाइसरका कारण इटालियन कपमा युभेन्टस र मिलानबीचको खेल स्थगित

ओकेखबर संवाददाता २१ फाल्गुन २०७६, बुधबार ०८:०९ मा प्रकाशित ( साल अघि) ३९४ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्द थालेपछि इटालियन कप अन्तर्गत युभेन्टस र एसी मिलानबीच हुने सेमिफाइनलको दोस्रो लेग स्थगित गरिएको छ । इटालीमा कोरोना भाइरसको बढ्दै संक्रमण र मृत्यू संख्यालाई मध्येनजर गर्दै यो खेल अनिश्चित समयका लागि स्थगित गरिएको हो ।

कोरोना भाइरसका कारण इटालीमा ७९ जनाको मृत्यू भइसकेको छ । जसमा २७ जनाको मृत्यू पछिल्लो २४ घण्टामा भएको हो ।

यसैबीच इटालीको तीनवटा क्षेत्र लोम्बार्दी, भेनेटो र इमिलिया रोमांगा र दुईवटा प्रान्तमा खेलकुदका गतिविधिमा प्रतिबन्ध लगाइएको छ ।

युरोपमा कोरोना भाइरसको संक्रमण बढ्द थालेपछि उच्च सतर्कता अपनाइएको छ । सिरिएमा यो साता चार खेलमात्र भएका छन् । स्वीस लिगको शीर्ष डिभिजनका सबै खेल अर्को २० दिन सम्मका लागि स्थगित गरिएको छ ।


सम्बन्धित खबरहरु