थाईल्यान्डमा जारी एसीसी इस्टर्न रिजन टि २० प्रतियोगितामा मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएसँगै नेपाललाई वरियतामा ठूलो धक्का लागेको हो । नेपालको २६ खेलमा ४ हजार ८ सय २ प्वाइन्ट र १ सय ८५ रेटिङ सहित १५ औं स्थानमा पुगेको हो । १२ औं स्थानमा स्कटल्यान्ड, १३ औं स्थानमा आयरल्यान्ड र १४ औं स्थानमा युूएई छ ।
वरीयताको १६ औं मा नेदरल्यान्ड, १७ मा पप्पुवा न्युगिनी र १८ मा ओमान छन् । शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा अष्ट्रेलिया र तेस्रो स्थानमा इंग्लयान्ड छ । भारत चौथो, दक्षिण अफ्रिका पाँचौ र न्युजिल्यान्ड छैटौं स्थानमा छन् । एजेन्सी ।