क्याम्पसको शैक्षिक तथा भौतिक सुधारको माग राख्दै रिले अनशनमा उत्रेका विद्यार्थीहरूको माग सम्बोधनको लागि इन्जिनियरिङ्ग अध्यायन संस्थान डीनको कार्यालयबाट प्रा.डा. लक्ष्मण पौडेलको संयोजकत्वमा गठन भएको वर्ता समिति र पुल्चोक इकाई समितिबीच सहमति जुटेको हो । सहमति पत्रमा प्रा.डा. लक्ष्मण पौडेल र पुल्चोक इकाइ सभापति बबिन बस्नेतले हस्ताक्षर गरेका थिए ।
रिले अनशन बस्नुअघि नेविसंघले गत माघ १ गते क्याम्पस प्रशासनलाई २३ बुँदे मागसहित ज्ञापनपत्र बुझाउँदै चरणबद्ध आन्दोलन सुरु गरेको थियो ।
आन्तरिक मूल्यांकनलाई बढावा दिनुपर्ने, अनुसन्धानमूलक शिक्षामा जोड दिनुपर्ने, पुरानो पाठ्यक्रम तुरुन्त संशोधन गर्नुपर्ने, जीर्ण रहेका पूर्वाधार विकासका लागि आवश्यक कदम चाल्नुपर्नेलगायत माग अघि सारेर नेविसंघको क्याम्पस एकाइ समिति तीन दिनदेखि रिले अनशनमा बसेको थियो।
यस्तो छ सहमति