पूर्वराजा ज्ञानेन्द्रद्वारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

ओकेखबर संवाददाता २० फाल्गुन २०७६, मंगलवार १८:२४ मा प्रकाशित ( साल अघि) ४९६ पाठक संख्या

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा शाहले स्वास्थ्य लाभको कामना गरेका हुन् ।
प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गर्न लागिएको छ ।

मिर्गौला प्रत्यारोपणको तयारीका लागि सोमबार प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए ।

मंगलबार प्रमुख सचिव पशुपति भक्त महर्जन शाहको सन्देश लिएर शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए ।


सम्बन्धित खबरहरु